Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेस महाधिवेशन:

    महिला केन्द्रीय सदस्यतर्फको मतगणना अन्तिम चरणमा, आरजुभन्दा डिला २१८ मतले अगाडि

    महिला केन्द्रीय सदस्यतर्फको मतगणना अन्तिम चरणमा, आरजुभन्दा डिला २१८ मतले अगाडि

    अनलाइन नेपाल
  • सोमबार, ५ पुष २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।

    निर्वाचन समितिले जनाएअनुसार हालसम्मको मतगणनामा डिला संग्रौला १९०६ मतसहित अग्र स्थानमा रहेकी छिन् । यसअघि २,५६५ मत गन्दा दोस्रोभन्दा ७२ र तेस्रोभन्दा १५२ मतले अगाडि डिला ३,०५० मत गन्दा दोस्रोसँग ९९ र तेस्रोसँग २१८ मतले अगाडि रहेकी छिन्।



    यस्तै, हालसम्मको मतगणनामा डिलापछि पुष्पा भुसालले १८०७ मत पाएकी छन् । उनी दोस्रो स्थानमा छिन् । भुसाल अघिल्लो परिणामको तुलनामा अहिले डिलाभन्दा थप २७ मतले पछाडि परेकी छन् ।



    यसैगरी तेस्रोमा १६८८ मत पाएकी आरजु राणा देउवा यसअघिको डिलासँगको अन्तरभन्दा थप ६६ मतले पछाडि परेकी छन् । यसअघि डिलासँग १५२ मतले पछाडि आरजु अहिले २१८ मतले पछाडि परेकी हुन् ।

    निर्वाचन समितिकाअनुसार हालसम्मको मतगणनामा चौथोबाट नवौंसम्म क्रमश: अम्बिका बस्नेतले १५२९, ईश्वरी न्यौपाने १४९४, सरिता प्रसाईं १३७१, रमा कोइराला १२३६, सुशीला ढकाल ११९५, रंगमती शाहीले ११८८ मत ल्याएका छन् ।

    खुलातर्फ ९ जना महिला केन्द्रीय सदस्यको प्रतिस्पर्धामा ३० जना छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार