Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • खुला महिलातर्फको मतगणना: यी हुन् टप ‘थ्री’मा रहेका चर्चीत अनुहारहरु, कसले कति मत ल्याए ?

    खुला महिलातर्फको मतगणना: यी हुन् टप ‘थ्री’मा रहेका चर्चीत अनुहारहरु, कसले कति मत ल्याए ?

    अनलाइन नेपाल
  • सोमबार, ५ पुष २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी रहेको छ ।

    कांग्रेस निर्वाचन समितिका अनुसार सबैभन्दा अगाडि डा. डिला संग्रौला रहेकी छिन् भने पार्टीकी सचेतक पुष्पा भुसाल दोस्रो स्थानमा रहेकी छिन्। यस्तै, प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा.आरजु  देउवा तेस्रो नम्बरमा रहेकी छिन् ।



    हालसम्म १६ सय मत गन्दा संग्रौलाले एक हजार १४, दोस्रो स्थानमा रहेकी भुसालले ९७०, आरजुले ९०१, चौथो स्थानमा रहेकी अम्बिका बस्नेतले ८११, पाँचौं स्थानमा रहेकी ईश्वरी न्यौपाने ७८६, छैंटौं स्थानमा रहेकी सरिता प्रसाई रहेकी छिन्।



    यसैगरी सातौं स्थानमा रहेकी रमा कोइराला ५२९, आठौं स्थानमा रहेकी सुशीला ढकाल ५१९ र नवौं स्थानमा रहेकी अनिता देवकोटाले ५१३ मत पाएकी निर्वाचन समितिले जनाएको छ।

    खुला तर्फको महिलामा ९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार