Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • माओवादी केन्द्र बागमती प्रदेशको चुनाव : ९ पदमा २७ जनाको उम्मेदवारी

    माओवादी केन्द्र बागमती प्रदेशको चुनाव : ९ पदमा २७ जनाको उम्मेदवारी

    अनलाइन नेपाल
  • सोमबार, ५ पुष २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ ।  नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीमा नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । प्रदेशको नयाँ नेतृत्वसहितको  पदाधिकारी चयनका लागि मतदान सुरु भएको हो ।

    काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ । जारी चुनावी प्रक्रियामा अध्यक्षसहितका ९ पदमा २७ जनाले उम्मेदवारी दिएका छन् ।मा‌ओवादीको बागमती प्रदेश अध्यक्षका लागि सरल सहयात्री पौडेल र दिननाथ गौतमले उम्मेदवारी दिएका छन् ।



    २९ जनाले उम्मेदवारी दिएको भए पनि दुई जनाले उम्मेदवारी फिर्ता लिएसँगै २७ जना चुनावी मैदानमा छन् ।



    अध्यक्षमा २ जना र सचिवमा ४ जना, उपाध्यक्षमा ९ जना, सहसचिवमा ११ जना र कोषाध्यक्षमा ३ जनाको उम्मेदवार चुनावी मैदानमा छन् ।

    अध्यक्ष र पदाधिकारी छान्न प्रदेश कमिटीका २७५ जनाले मतदान गर्ने माओवादी केन्द्र बागमती प्रदेशले जनाएको छ ।

    बागमती प्रदेशमा सहमतिको माध्यमबाट नेतृत्वसहित पदाधिकारी चयन गर्न खोजिएपनि सहमति नभएपछि अध्यक्ष प्रचण्डको निर्देशनमा चुनाव गर्न लागिएको हो । मतदानमा २७५ जना मतदाता छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार