Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लागूऔषधसहित भारतबाट नेपाल आउँदै गरेका तीन युवक पक्राउ

    लागूऔषधसहित भारतबाट नेपाल आउँदै गरेका तीन युवक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    कन्चनपुर। जिल्लाको पुर्नवास नरपालिका–४ कार्गिलडाँडाबाट सशस्त्र प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

    लागुऔषधसहित भारतबाट से३प ७५२५ नंको मोटरसाइकलमा सवार लालझाडी गाउँपालिका–१ बिनाबारीका १९ वर्षीय अनिल राना, २० वर्षीय रवीन्द्र वडायक र २३ वर्षीय नरेश रानालाई गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले आज बिहान पक्राउ गरेको हो ।



    सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ परेकाहरुको साथबाट नेट्राभेट १० नामक लागुऔषध ट्याबलेट १३ थान, नेपाली रुपैयाँ ३५० र मोबाइल तीन थान बरामद गरिएको छ ।



    बरामद लागुऔषध, नगद रकम, मोबाइल, मोटरसाइकलसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाइएको सशस्त्रका एसपी ऐरले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार