Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • गगनलाई आशिर्वाद दिँदै सिटौलाले भने- विगतका तितामिठा कुरा बिर्सेर काम गर्नू

    गगनलाई आशिर्वाद दिँदै सिटौलाले भने- विगतका तितामिठा कुरा बिर्सेर काम गर्नू

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1.4K
    SHARES

    काठमाडौं ।  नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री  गगनकुमार थापाले नेता कृष्णप्रसाद सिटौलाबाट बधाई तथा आशीर्वाद ग्रहण गरेका छन् ।

    मंगलबार सिटौला निवास चण्डोल पुगेका महामन्त्री थापालाई सिटौलाले आशीर्वादसहित टीका र खादा लगाइदिएका हुन् ।



    पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएको एक सातापछि थापा मंगलबार नेता सिटौला निवास पुगेर आशीर्वाद मागेका हुन्।



    यसअघि कांग्रेसको १३औं महाधिवेशनमा थापा र सिटौला एउटै समूहमा थिए । सिटौला सभापति र थापा महामन्त्रीका उम्मेदवार थिए । दुवै पराजित भए ।

    त्यसपछि थापा सिटौला समूहबाट रामचन्द्र पौडेल समूहमा लागे । १४औं महाधिवेशनमा थापा डा.शेखर कोइराला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए। उनले तीन हजारभन्दा बढी मत ल्याएर चुनाव जिते।

    महामन्त्री थापाले आशीर्वाद मागेपछि सिटौलाले पार्टीलाई एकढिक्का बनाएर लैजान सुझाव दिएका थिए । उनले विगतका तितामिठा कुरा बिर्सेर काम गर्न सल्लाह दिएको थापा निकट नेताहरुले बताए।

    आइतबार मात्रै कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा नेता सिटौला निवास पुगी आशीर्वाद मागेका थिए । थापा र शर्मा पुस १ गते महामन्त्रीमा निर्वाचित भएका थिए ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार