Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • रास्वपालक्षित गगनको टिप्पणी – शक्तिशालीको किर्ते किर्ते नै हुन्छ

    रास्वपालक्षित गगनको टिप्पणी – शक्तिशालीको किर्ते किर्ते नै हुन्छ

    अनलाइन नेपाल
  • शनिबार, २४ चैत्र २०८०
  • 663
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार नयाँ वा पुरानो राजनीतिक दलले गरेको भन्ने नहुने टिप्पणी गरेका छन् ।

    शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेका हुन् । उनले भ्रष्टाचार नयाँ वा पुरानो भनेर छुट नहुने बताए ।



    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित टिप्पणी गर्दै उनले कानुनको शासनभन्दा माथि कोही पनि नहुने उल्लेख गरे । उनले प्रश्नभन्दा माथि कोही नरहेको धारणा व्यक्त गरे ।



    “कानुनको शासनको लागि हामी उभिन्छौँ भन्नुको अर्थ प्रश्नभन्दा माथि कोही छैन । प्रश्नभन्दा माथि कोही शक्तिशाली पनि छैन । प्रश्नभन्दा माथि कुनै नेता छैन,”उनले भने,“प्रश्नभन्दा माथि नयाँ नेता पनि छैन, पुराना नेता पनि छैनन् । कोही पनि प्रश्नभन्दा माथि छैनन् । कोही पनि कानुनभन्दा माथि छैन ।”

    सर्वसाधारणले गरेको ठगी ठगी भएको जस्तै ‘शक्तिशाली’ले गरेको पनि ठगी नै हुने उनले बताए । शक्तिशालीलाई छुट दिन नहुनेमा उनको जोड छ । शक्तिशालीले गरेको किर्ते पनि किर्ते नै हुने उने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार