Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सरकारबाट जनताको पक्षमा कुनै राम्रो काम भएन, कांग्रेसले अब काँध थापिरहँदैन : गगन थापा

    सरकारबाट जनताको पक्षमा कुनै राम्रो काम भएन, कांग्रेसले अब काँध थापिरहँदैन : गगन थापा

    अनलाइन नेपाल
  • शनिबार, ३० मंसिर २०८०
  • 702
    SHARES

    पाल्पा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारबाट जनताको पक्षमा कुनै राम्रो काम नभएको आरोप लगाएका छन् । पाल्पाको प्रथम जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री थापाले सो आरोप लगाएका हुन् ।

    उनले सरकार भष्टाचार तथा अनियमितामा फस्दै गएको, तस्करी र ठगीका घटनामा मुछिँदै गएकाले यही अवस्थामा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई काँध थाप्न नसक्ने बताए ।



    सरकारले काम गर्न नसकेको दोष कांग्रेसको भागमा पनि परेको महामन्त्री थापाको भनाई छ ।



    यस्तै उनले पार्टी सभापति शेरबहादुर देउवाले विधानअनुसार काम गर्न नसकेको बताएका छन् । विधानअनुसार काम नहुँदा पार्टीमा अराजकता फैलिएको उनको जिकिर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार