Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • विधेयकका नाममा ऐन संशोधन गर्ने विधिलाई मिच्न हुँदैन : गगन थापा

    विधेयकका नाममा ऐन संशोधन गर्ने विधिलाई मिच्न हुँदैन : गगन थापा

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 435
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका नाममा ऐन संशोधन गर्ने विधिलाई मिच्न नहुने बताएका छन् ।

    शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समिति बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    उनले सरकारले विगतको ऐन संशोधन गर्ने विधि र परम्परालाई मिच्दै पछिल्लो समय केही नेपाल ऐन संशोधनको नाममा १५० भन्दा बढी सबै खालका कानुनलाई एकै ठाउँमा राख्ने प्रवृत्तिले विकृति ल्याउने दाबी गरे ।



    उनले आवश्यक संशोधनका लागि मन्त्रालयगत छुट्टा छुट्टै ऐनका रुपमा ल्याउन आवश्यक रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार