Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गुणस्तरीय पर्यटक भित्र्याउने गरी कार्ययोजना तयार गर्न आवश्यक : गगन थापा

    गुणस्तरीय पर्यटक भित्र्याउने गरी कार्ययोजना तयार गर्न आवश्यक : गगन थापा

    अनलाइन नेपाल
  • आइतबार, १५ पुष २०८०
  • 444
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गुणस्तरीय पर्यटक भित्र्याउने गरी कार्ययोजना तयार गर्न आवश्यक रहेको बताएका छन् ।

    ठमेल पर्यटन विकास परिषद्को आयोजना नयाँ वर्ष २०२४ को स्वागतार्थ आज साँझ ठमेलमा आयोजित ‘सडक महोत्सव’को उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।



    उनले पर्यटकको बसाइ लम्ब्याउने र बढी खर्च गर्ने पर्यटक भित्र्याउने गरी कार्ययोजना बनाउनुपर्ने बताए ।



    “पर्यटकको बसाइ लम्ब्याउन र खर्च बढाउन जरुरी छ, पर्यटक प्रवद्र्धन गर्ने गरी कार्ययोजना बनाउनुपर्छ,” उनले भने । महामन्त्री थापाले थला परेको नेपालको पर्यटन क्षेत्रमा पछिल्लो समय केही आशा जागेको उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार