Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लुम्बिनीमा अभूतपूर्व विकासका कामहरु भएका छन्: ओली

    लुम्बिनीमा अभूतपूर्व विकासका कामहरु भएका छन्: ओली

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1.8K
    SHARES

    बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको विकासमा आफ्नो पार्टी नेतृत्वको अघिल्लो सरकारले अभूतपूर्व काम गरेको दाबी गरेका छन् ।

    मंगलबार पूर्वप्रधानमन्त्री समेत रहेक ओलीले लुम्बिनीको पर्साचोकमा स्थानीयबासीलाई सम्बोधन गर्दै यस क्षेत्रमा गर्नुपर्ने बाँकी काम अब एमाले सरकार बनेपछि अघि बढ्ने बताए ।



    सम्बोधनका क्रममा अधिकांश आफूले गरेका कामहरुको तारिफ गरेका ओलीले लुम्बिनी विकास कोषभित्र र लुम्बिनी आसपासका क्षेत्रमा पूर्वाधार विकास आवश्यक रहेको समेत बताए ।



    यस्तै, अध्यक्ष ओलीले लुम्बिनीमा काम नलाग्ने सिसौघारीलाई फलफूल बगैचा बनाउने अभियान आफैले सुरु गरेको स्मरण गरे । लुम्बिनीमै विश्वविद्यालय विकास, सडक निर्माणका काम भएको बताउदै उनले यो क्षेत्रमा कृषिको आधुनिकीकरणलगायत विकासमा ध्यान दिइने ओलीको भनाइ छ।

    ओलीले लुम्बिनीको प्रचार अन्र्तराष्ट्रिय क्षेत्रमा गर्न आवश्यक रहेको समेत बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार