Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्रतिनिधिसभामा चार अध्यादेश स्वीकृत, बैठक १८ पुषसम्मलाई स्थगित

    प्रतिनिधिसभामा चार अध्यादेश स्वीकृत, बैठक १८ पुषसम्मलाई स्थगित

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’ सहित विभिन्न चार अध्यादेश बहुमतले स्वीकृत गरेको छ ।

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधकाबीच सञ्चालित बैठकले ती अध्यादेश स्वीकृत गरेको छ । बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’, ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८’ र ‘रेल्वे अध्यादेश, २०७८’ स्वीकृत भएको हो ।



    ती अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालको सूचनालाई बैठकले अस्वीकार गरेको थियो । अध्यादेशहरुविरुद्धको सूचनाका क्रममा उठेका प्रश्नको जवाफ दिँदै सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सङ्घीय मुलुकको राजधानी काठमाडौँमा सुरक्षाका लागि विशेष व्यवस्था गर्नुपर्ने भएकाले प्रहरीसम्बन्धी अध्यादेश ल्याइएको बताए।



    मन्त्री खाँणले सबै अध्यादेश तत्काल कार्यान्वयनमा आवश्यक भएकाले सरकारले पेश गरेको जनाए । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे बोर्ड गठनलगायत कामका लागि ‘रेल्वे अध्यादेश, २०७८’ आवश्यक रहेको बताए ।

    प्रतिनिधिसभाको अर्काे बैठक यही पुस १८ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार