Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • हेलिकप्टर दुर्घटनापछि १२ घण्टा समुन्द्रमा पौडिएर बाँचेका मन्त्रीले के भने ?

    हेलिकप्टर दुर्घटनापछि १२ घण्टा समुन्द्रमा पौडिएर बाँचेका मन्त्रीले के भने ?

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । म्याडग्यास्करका एक जना मन्त्रीले उद्धार कार्यमा खटिएको एउटा हेलिकप्टर समुद्रमा दुर्घटना परेसँगै सुरक्षित स्थानसम्म पुग्नका लागि १२ घण्टा पौडिएको बताएका छन्।

    ‘म मर्ने बेला भएको छैन,’ थकित देखिएका प्रहरीमन्त्री सर्जे गेलले स्ट्रेचरबाट भने। उनीसँगै यात्रा गरिरहेका सुरक्षा निकायका दुई अधिकारीहरू पनि दुर्घटनामा बच्न सफल भएका छन्।



    देशको उत्तरपूर्वी क्षेत्रमा डुबेको एउटा यात्रुवाहक पानीजहाजको खोजी कार्यमा सो हेलिकप्टर खटिएको थियो। अधिकारीहरूले मङ्गलवार बताए अनुसार कम्तीमा ३९ जना यात्रुहरू उक्त घटनामा मारिएका छन्।



    ट्विटरमा राष्ट्रपति आन्ड्री राजोउलीनाले मृत्यु भएकाहरूप्रति शोक व्यक्त गरेका थिए। उनले गेल र जीवित अन्य दुई अधिकारीहरूप्रति पनि श्रद्धाञ्जली अर्पण गरेका थिए।

    गेल र ती दुई अधिकारी पछि समुद्र नजिकैको छुट्टाछुट्टै सहरमा पौडेर आइपुगेका थिए। सोमवार भएको दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन तर ५७ वर्षका गेलले आफूले ‘रात साढे सात बजेबाट बिहान साढे सात बजेसम्म’ पौडिएको बताए।

    उनले आफूलाई चोट नलागेको तर जाडो भएको बताए। म यो भिडिओ प्रसारण गरिदिन आग्रह गर्न चाहन्छु ताकि मेरा परिवार, मेरा सहकर्मी अनि सरकारका अन्य साथीले देख्न सकून्। म जीवित र सकुशल छु,’ गेलले माहाम्बुका गाउँलेहरूलाई भने।

    प्रहरी प्रमुख जाफीसम्बत्रा राभोआभीले समाचार संस्था एएफपीलाई बताएअनुसार गेलले हेलिकप्टरको एउटा सिटलाई तैरिनका लागि प्रयोग गरेका थिए।

    गत अगस्टमा मन्त्री नियुक्त हुनुअघि उनले प्रहरीका जिम्मेवारीमा तीन दशक काम गरेका थिए। बीबीसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार