Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लामजुरामा दुर्घटना

    मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लामजुरामा दुर्घटना

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर लामजुरा डाँडामा दुर्घटना भएको छ ।

    सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा डाँडामा दुर्घटना भएको हो ।



    मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो ।



    काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको थियो ।

    हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार छन् । हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार