Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चीनको सीमा नजिक भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

    चीनको सीमा नजिक भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 714
    SHARES

    एजेन्सी । भारतीय सेनाको एक हेलिकप्टर चीन सीमा नजिक अरुणाचल प्रदेशको मिगिङ गाउँनेर शुक्रवार दुर्घटनाग्रस्त भएको छ ।

    स्थानीय समयअनुसार बिहान १०ः४० मा एड्भान्स्ड लाइट हेलिकप्टर दुर्घटनामा परेको हो ।



    सेनाको टुटिङ हेडक्वार्टरबाट घटनास्थल २५ किलोमिटर टाढा छ । घटनास्थलबाट दुईवटा शव निकालिएको छ ।



    तेस्रो शवको खोजी हुँदैछ । सेनाले खोजी तथा उद्धारका लागि तीनवटा हेलिकप्टर पठाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार