Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • ओलम्पिकमा अमेरिकापछि जापानले चीनलाई दियो झट्का , प्रतिनिधि नपठाउने निर्णय

    ओलम्पिकमा अमेरिकापछि जापानले चीनलाई दियो झट्का , प्रतिनिधि नपठाउने निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, ९ पुष २०७८
  • 3.1K
    SHARES

    एजेन्सी। जापानले चीनमा हुने शीतकालीन ओलम्पिकमा कुनै आधिकारिक प्रतिनिधि नपठाउने भएको छ । जापानको यो निर्णयलाई अमेरिकाको निर्णयको समर्थन मानिएको छ ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले फेब्रुअरीमा सुरु हुने खेलमा जापानले कुनै पनि सरकारी प्रतिनिधि नपठाउने बताए । बरु खेलकुदसँग प्रत्यक्ष सम्बन्ध राख्ने देशका पदाधिकारीलाई पठाइनेछ ।



    टोकियो २०२० आयोजक समितिका प्रमुख र नेता सेको हाशिमोटो र घरेलु ओलम्पिक र पाराओलम्पिक समितिका प्रमुखहरू सामेल हुनेछन्।



    चीनमा मानवअधिकार उल्लङ्घन भएको भन्दै अमेरिकाले फेब्रुअरीमा चीनको राजधानी बेइजिङमा आयोजना हुने शीतकालीन ओलम्पिकमा आफ्ना अधिकारी पठाउन अस्वीकार गरेको छ । तर, जापानले यस विषयमा नरम अडान लिएको छ ।

    जापानको सरकारी सञ्चारमाध्यम एनएचकेका अनुसार प्रधानमन्त्री फुमियो किशिदालाई सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीबाट चीनप्रति कडा अडान लिन निकै दबाब थियो। -बिबिसी हिन्दी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार