Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • माओवादी राष्ट्रिय सम्मेलन: प्रचण्डको निम्ता स्वीकार्दै ओलीले भने- शंकरलाई पठाइदिन्छु

    माओवादी राष्ट्रिय सम्मेलन: प्रचण्डको निम्ता स्वीकार्दै ओलीले भने- शंकरलाई पठाइदिन्छु

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन (सम्मेलन)मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।

    आजदेखि सुरु हुने पार्टीको महाधिवेशनमा सहभागिताका लागि माओवादीका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीलाई फोन गरेका थिए । तर, ओलीले आफू झापामा रहेको भन्दै आउन नसक्ने र पार्टीको तर्फबाट महासचिव शंकर पोखरेलको सहभागिता हुने जानकारी दिएको प्रचण्डको सचिवालयले जनाएको छ।



    एमालेले चितवनमा आयोजना गरेको १० राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा माओवादी अध्यक्ष प्रचण्ड गएका थिएनन्।माओवादीले स्थायी कमिटी सदस्य लिलामणि पोखरेललाई पठाएको थियो।



    यसअघि माओवादीले उद्घाटन सत्रमा अन्य कसैलाई नबोलाउने बताएको भए पनि अन्तिम समयमा देशका प्रमुख राजनीतिक दलहरूलाई सहभागी हुन निम्ता पठाएको हो ।

    उद्घाटन सत्रमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी हुने बताइएको छ।

    उदघाटन अपराह्न ३ बजे प्रज्ञा भवन कमलादीमा हुँदैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार