Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • माओवादीको आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह सुरु

    माओवादीको आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह सुरु

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह सुरु भएको छ ।

    राजधानीको कमलादीमा सो पार्टीको महाधिवेशन उद्घाटन समारोह सुरु भएको हो । माओवादीले यसअघि राष्ट्रिय सम्मेलन भने पनि अन्तिम समयमा आएर सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको हो ।



    महाधिवेशनले केन्द्रीय कमिटीसहित पदाधिकारी र नयाँ नेतृत्व चयन गर्नेछ । माओवादीको पदाधिकारी १५ सदस्य रहने प्रस्ताव गरिएको छ । जसमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष तथा ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहनेछन् ।



    कार्यक्रमको संचालन अर्थमन्त्री एवं पार्टीका नेता जनार्दन शर्माले गरिरहेका छन्।

    कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरुको उपस्थिति भइसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार