Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • माओवादी केन्द्रीय कमिटीको बैठक बस्दै, पदाधिकारीको टुङ्गो लगाइने

    माओवादी केन्द्रीय कमिटीको बैठक बस्दै, पदाधिकारीको टुङ्गो लगाइने

    अनलाइन नेपाल
  • शुक्रबार, २० फाल्गुन २०७८
  • 1.1K
    SHARES

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र) काे केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । माओवादी पार्टी कार्यालयका  अनुसार बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुनेछ ।

    बैठकबाट केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउने माओवादीले जनाएको छ । माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ ।



    पुस तेस्रो साता आठौँ राष्ट्रिय महाधिवशेन सम्पन्न गरेको माओवादीको केन्द्रीय समिति बैठक विभिन्न कारणबाट सर्दै आएको थियो । बैठक सरेपछि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन ।



    महाधिवेशन सम्पन्न भएपछि बसेको पहिलो बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत चयन गरेको थियो । यस्तै, आजको बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे समीक्षा गर्दै छलफल गर्ने समेत बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार