Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • माओवादीले बोलायो केन्द्रीय कार्यसमितिको बैठक, पदाधिकारीको टुङ्गो लगाइने

    माओवादीले बोलायो केन्द्रीय कार्यसमितिको बैठक, पदाधिकारीको टुङ्गो लगाइने

    अनलाइन नेपाल
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक यही फागुन ८ र ९ गते बस्ने भएको छ। यसअघि गत माघ २८ र २९ गते प्रज्ञा भवन कमलादीमा तय भएको कार्यसमितिको बैठक निर्धारित मितिको अघिलो दिन स्थगित भएको थियो।

    बैठकबाट केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउने माओवादीले जनाएको छ । माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ ।



    पुस तेस्रो साता आठौँ राष्ट्रिय महाधिवशेन सम्पन्न गरेको माओवादीको केन्द्रीय समिति बैठक विभिन्न कारणबाट सर्दै आएको थियो । बैठक सरेपछि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन ।



    महाधिवेशन सम्पन्न भएपछि बसेको पहिलो बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत चयन गरेको थियो । पार्टी पदाधिकारीको टुङ्गो लगाउन भन्दै गत पुस २५ गते बैठक बोलाइएको भए पनि पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी र केन्द्रीय नेतामा कोरोना सङ्क्रमण देखिएपछि बैठक स्थगन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार