Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • ६ वर्षीया बालिकाले किनिन् ७ करोडको घर

    ६ वर्षीया बालिकाले किनिन् ७ करोडको घर

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । अष्ट्रेलियामा एक बालिकाले नेपाली सात करोड मूल्य बराबरमा नयाँ घर किनेकी छिन् । ६ वर्षीया बालिकाले अष्ट्रेलियाको मेलवर्नमा ६ हजार डलर (७ करोड रुपैयाँ) पर्ने घर खरिद गरेकी हुन् ।

    ६ वर्षकी बालिकाले खेल्ने कुद्ने समयमा लगभग ७ करोड नेपाली रुपैयाँ पर्ने घर कसरी किनिन् भन्नेबारे सबैको चासो रहेको छ। उनले भनेकी छिन्, ‘मेरो नाम रुबी हो र म ६ वर्षकी भएँ, म आफ्नो पहिलो घर खरिद गर्न जाँदैछु ।’



    रुबीसँगै उनका अन्य तीन जना साथीहरु पनि रहेका छन्।  तीनै जनाका पिता एक प्रोपर्टी इन्भेस्टमेन्ट एक्सपर्ट हुन् र उनैले आफ्ना सन्तानलाई यसो गर्न प्रेरणा दिएका हुन्।



    ‘आर्थिक रुपमा यी तिनैजनाले जनही २ हजार डलर सहयोग गरेका छन् । यो रकम उनीहरुले आफ्नो पकेट मनीबाट जोगाएका हुन्,’ पिता क्याम म्याकलेननले भने ।

    यो घर र जग्गा मेलबर्नको दक्षिण पूर्वस्थित क्लाइडेमा छ । हाल यसको मूल्य ६,७१,००० डलर परेको छ । म्याकलेननले यो मूल्य १० वर्षमा दोब्बर हुने अनुमान गरेका छन्।

    ‘यहाँ वरिपरिको जग्गाको मूल्य ७० हजार डलरमा बिक्रि हुन थालिसकेको छ, त्यसैले उनीहरुले राम्रै मूल्यमा जग्गा पाएको भन्नुपर्छ,’ उनले थपे । यी तिनैजनाले यो सम्पत्ति सन् २०३२ मा बेच्ने र त्यसपछि मात्रै आफ्नो नाफा बाँड्ने योजना बनाएका छन् ।

    उनीहरुले घरायसी काम गरेबापत् पनि पैसा कमाएका थिए । आफ्ना पिताको सर्वाधिक बिक्रि भएको पुस्तक प्याक गरेबापत् पनि उनीहरुले पैसा कमाएका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार