Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • क्रिसमस मनाउन हिँडेका सलमान खानलाई सर्पले टोक्यो

    क्रिसमस मनाउन हिँडेका सलमान खानलाई सर्पले टोक्यो

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ ।

    भारतीय सञ्चारमाध्यमहरुका अनुसार क्रिसमस मनाउनका लागि परिवारसित पानभेल फार्म हाउस गएका बेला उनलाई सर्पले टोकेको हो।



    आइतबार बिहान साढे ३ बजे उनलाई सर्पले टोकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । लगत्तै उनलाई मुम्बईस्थित एमजीएम अस्पताल भर्ना गरिएको थियो ।



    बिहान साढे ९ बजे उनलाई अस्पतालले डिस्चार्ज दिएको छ । उनलाई अविषालु सर्पले टोकेको थियो ।

    रिपोर्टका अनुसार अहिले उनको अवस्था सामान्य रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार