Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • ७ बुँदे मागसहित सीके राउतको पार्टीद्वारा सिरहामा चक्काजाम

    ७ बुँदे मागसहित सीके राउतको पार्टीद्वारा सिरहामा चक्काजाम

    अनलाइन नेपाल
  • सोमबार, १२ पुष २०७८
  • 1.3K
    SHARES

    सिरहा । डा. सीके राउत नेतृत्वको जनमत पार्टी सिरहाले किसानका ७ बुँदे मागसहित आन्दोलनमा उत्रिएको छ ।

    पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा उत्रिएको हो ।



    जनमत पार्टीले आज सिराहमा चक्काजामको घोषणा गरेको छ । आज बस्ने आन्दोलन समितिको बैठकबाट थप आन्दोलनका कार्यक्रम घोषणा गरिने आन्दोलन समितिका संयोजक पवन यादवले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार