Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सप्तरीबाट ठुलो परिमाणको लागूऔषधसहित चार युवक पक्राउ

    सप्तरीबाट ठुलो परिमाणको लागूऔषधसहित चार युवक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १२ पुष २०७८
  • 1.3K
    SHARES

    रामनारायण यादव / सप्तरी  । सप्तरी प्रहरीले ठुलो मात्रामा लागूऔषधसहति ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ परेका चारै जनालाई पत्रकार सम्मेलमार्फत् सार्वजनिक गरेको हो।

    प्रहरीका अनुसार राजविराजबाट काठमाडौंको लागि छुट्न लागेको बसबाट ठूलो परिमाणको लागूऔषध बरामद भएको  छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले राजविराज नगरपालिका -२ स्थित गुलाब ग्यारेज अगाडि पार्कीङ गरिएको बसमा चेकजाँच गर्दा उक्त परिणामको लागूऔषध बरामद भएको सप्तरीका एसपी अविनारायण काफ्लले जानकारी दिए ।



    बसको डिकिमा बोराभित्र लागूऔषध भेटिएपछि दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सप्तरीको कंचनरुप नगरपालिका वडा नम्वर ८ बस्ने ३६ वर्षीय संजय भुजेल र बोदेबरसाईन नगरपालिका वडा नम्वर ५ जाँजर बस्ने २१ वर्षीय अब्दुल रहेका छन् ।



    प्रहरीले एउटा बसबाट नाईट्रेभेट १० लेखिएको ७० पत्ता २ हजार १ सय ट्यावलेट, एसपीएम पाइरोक्सभेन क्यापसुल २ सय ८८ थान र डाईलेक्स डीसी १०० एमेल ३ सय ९९ थान बोतल लागूऔषध बरामद गरेको छ ।

    पक्राउ परेका दुबै जनालाई लागूऔषध सम्बन्धी मुद्धामा जिल्ला अदालत सप्तरीबाट म्याद थप लिई अनुसन्धान भइरहेको सप्तरीका एसपी काफ्लले जानकारी दिए ।

    यस्तै, प्रहरीले सप्तरीबाटै खैरो हिरोईन (ब्राउन सुगर)सहित दुई जनालाई पक्राउ गरिएको छ ।

    पक्राउ पर्नेहरुमा सिरहाको लम्मीपुरपताईर गाउँपालिका वडा नम्वर ३ बस्ने २८ वर्षीय प्रमानन्द साह र सिरहाकै धनगढीमाई नगरपालिका वडा नम्वर ११ बस्ने २८ वर्षीय दिपेन्द्र कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    उनीहरुलाई प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १ स्थित पूर्व–पश्चि लोकमार्ग स्थित कंकालिनी मन्दिर अगाडि चेक जाँचका क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथबाट ब्राउन सुगर ८ ग्राम ५५० मिलि ग्राम लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

    जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार