Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक दासानायके काठमाडौं आइपुगे

    राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक दासानायके काठमाडौं आइपुगे

    अनलाइन नेपाल
  • मंगलबार, १३ पुष २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पुबुदु दासानायके काठमाडौं आइपुगेका छन् ।

    दासानायके मंगलबार बिहान काठमाडौं आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरेका थिए ।



    क्यानले दासानायकेलाई गत मंसिर २५ गते राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । पुबुदुले यसअघि पनि ४ वर्ष नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी निभाएका थिए ।



    २०११ को अक्टोबरमा पहिलो पटक नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका दासानायकेकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी-२० विश्वकप खेलेको थियो । जुन नेपाली खेलकुदको अहिलेसम्मकै ठूलो उपलब्धि थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार