Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • भाग्य चम्काउन विदेश पुगेका नेपालीको समस्या देख्दा मन रुन्छ: परराष्ट्रमन्त्री खड्का

    भाग्य चम्काउन विदेश पुगेका नेपालीको समस्या देख्दा मन रुन्छ: परराष्ट्रमन्त्री खड्का

    अनलाइन नेपाल
  • बुधबार, १४ पुष २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काले वैधानिकरुपमा वैदेशिक रोजगारीका निम्ति विश्वका ७६ देशमा पुगेका नेपालीको हकहितको रक्षा गर्दै सुरक्षित आप्रवासनका मुद्दालाई द्विपक्षीय एवं बहुपक्षीय मञ्चहरूमा सरकारले प्राथमिकताका साथ उठाउँदै आएको बताएका छन् ।

    ‘कान्तिपुर आइएमई माइग्रेशन एण्ड रिमिट समिट’लाई आज सम्बोधन गर्दै मन्त्री खड्काले आफ्नो भाग्य चम्काउन अन्तर्राष्ट्रिय श्रम बजारमा पुगेका नेपालीका समस्या समाधान गर्न परराष्ट्र र श्रम मन्त्रालयले समन्वयात्मक ढङ्गले काम गरिरहेको बताए ।



    ‘फ्रि भिजा, फ्रि टिकेट’ प्रणालीलाई व्यवस्थित गर्न दुवै मन्त्रालयत्रबीच घनीभूत छलफल एवं नीतिगत सहकार्य हुनुपर्नेमा जोड दिँदै उनले विप्रेषणको मूल्य नेपालीले विदेशमा ज्यान गुमाएर चुकाएकाले त्यसलाई बेवास्ता गर्न नसकिने बताए ।



    ‘अनुगमन र मूल्याङ्कनको अभावमा पाइला–पाइलामा नेपाली युवायुवती ठगिएका छन्’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नेपालीले चुनौतीको सामना गर्नुपरेका कटु यथार्थ सुनाउँदै मन्त्री खड्काले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार