Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माओवादी महाधिवेशन: नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु

    माओवादी महाधिवेशन: नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, १६ पुष २०७८
  • 861
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको जारी महाधिवेशनमा आज (शुक्रबार) नेतृत्व चयनका लागि प्रक्रिया सुरु हुने भएको छ ।​

    दिउँसो १ बजेबाट सुरु हुने बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिने छन् ।



    गत आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।



    यस्तै, बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत गर्ने तयारी रहेको माओवादीले जनाएको  छ । प्रचण्डको जवाफसँगै राजनीतिक प्रतिवेदन पारित हुनेछ ।

    त्यसपछि केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ । महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य मात्र चयन हुनेछ। पदाधिकारी भने पछि चयन गरिने नेताहरूको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार