Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नयाँ वर्षको सुरुमै जम्मू-कश्मीरका शीर्ष नेताहरूलाई ठूलो झट्का, घरभित्रै थुनिए

    नयाँ वर्षको सुरुमै जम्मू-कश्मीरका शीर्ष नेताहरूलाई ठूलो झट्का, घरभित्रै थुनिए

    अनलाइन नेपाल
  • शनिबार, १७ पुष २०७८
  • 996
    SHARES

    नयाँ दिल्ली । भारतस्थित जम्मू-कश्मीरका विभिन्न दलका शीर्ष नेताहरूलाई नयाँ वर्षकै दिन घरभित्रै थुनेर राखिएको छ ।

    भारतीय सञ्चारमाध्यमका अनुसार नेसनल कन्फरेन्सका नेता तथा पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाह, पिपल्स डेमोक्रेटिक पार्टी(पीडीपी) की अध्यक्ष तथा पूर्वमुख्यमन्त्री महबूबा मुफ्ती तथा सीपीआईएमका नेता एम वाई तरिगामीलाई घरभित्रै राखिएको हो।



    रिपोर्टका अनुसार शनिबार जम्मू-कश्मीरका राजनीतिक दलको समूहले केन्द्र सरकारविरुद्ध विरोध प्रदर्शन गर्न लागेको थियो । विरोध प्रदर्शन सुरु हुनुअघि नै नेताहरूको घरमा ताला लगाउदै  घरअगाडि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।



    पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले घरको गेटमा रहेको प्रहरीको गाडीको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘सुप्रभात, सन् २०२२ मा तपाईंलाई स्वागत छ । एउटा नयाँ वर्ष, उही पुरानो जम्मू-कश्मीर प्रहरीसँग जसले अवैध रूपमा मानिसहरूलाई घरमै थुनिरहेको छ। अर्को एक प्रशासन जो सामान्य लोकतान्त्रिक गतिविधिबाट यति डराएको छ कि शान्तिपूर्ण प्रदर्शनमा समेत रोक लगाएको छ । प्रदर्शन रोक्नका लागि जम्मू-कश्मीर प्रहरीको ठूला ट्रक ढोकामा राखिएका छन् । केही चिज कहिल्यै बदलिँदैनन् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार