Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जम्मू–कश्मीरको डांगरी गाउँमा गोलाबारी, तीन स्थानीयको मृत्यु

    जम्मू–कश्मीरको डांगरी गाउँमा गोलाबारी, तीन स्थानीयको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १८ पुष २०७९
  • 678
    SHARES

    काठमाडौं । जम्मू–कश्मीरमा भएको गोलाबारीमा तीनजना सर्वसाधारण मारिएका छन् ।

    राजौरी जिल्लास्थित डांगरी गाउँमा आइतबार बेलुका भएको गोलाबारीमा तीनजना सर्वसाधारण मारिएका हुन् ।



    अन्य तीन जना घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको बताइएको छ । स्थानीय प्रहरीले आक्रमण गर्नेको पहिचानबारे अहिले कुनै जानकारी दिएको छैन।



    जम्मू–कश्मीर प्रहरीका अतिरिक्त प्रहरी महानिर्देशक मुकेश सिंहले लिखित बयानमा गोलाबारी माथिल्लो डांगरी गाउँमा भएको पुष्टि गरेका छन् ।

    आक्रमणकारीलाई पक्राउ गर्नका लागि पूरै क्षेत्रमा प्रहरीले सर्च अभियान चलाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार