Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • कांग्रेसले टुंग्यायो राष्ट्रियसभाका ६ उम्मेदवार (नामावलीसहित)

    कांग्रेसले टुंग्यायो राष्ट्रियसभाका ६ उम्मेदवार (नामावलीसहित)

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाका ६ उम्मेदवारहरुको टुंगो लगाएको छ ।

    सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको दोस्रो बैठकले उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।



    जसअनुसार प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिम प्रदेशमा नारायण मिश्र उम्मेदवार बनेका छन् ।



    यसअघि आजै बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा (सत्तारुढ गठबन्धन) भएको सहमतिअनुसार कांग्रेसको भागमा ६ सिट परेको थियो ।

    यस्तै, बैठकले आगामी माघ १२ गते हुने मतदानमा गठबन्धनका उम्मेदवारहरुलाई मत दिन समेत आह्वान गरेको छ।

    यसअघि पार्टी केन्द्रीय कार्यसमितिको पहिलो बैठक यही पुस १० गते बसेको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार