Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेले टुंग्यायो राष्ट्रियसभाका १९ उम्मेदवार (नामसहित)

    एमालेले टुंग्यायो राष्ट्रियसभाका १९ उम्मेदवार (नामसहित)

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 1K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले राष्ट्रियसभाका उम्मेदवारहरुको नाम टुंगो लगाएको छ ।

    सोमबार बसेको सचिवालयको बैठकले आगामी १२ माघमा हुन लागेको निर्वाचनका लागि १९ जना उम्मेदवारको नाम टुंगो लगाएको हो ।



    बैठकका अनुसार प्रदेश १ बाट देवराज घिमिरे, सुमित्रा भण्डारी र सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ ।



    यस्तै, प्रदेश २ मा असर्फी भिनवार यादव र विना साह, बाग्मतीमा गोपाल शाक्य र निरकुमारी कुँवर, गण्डकीमा गोविन्दबहादुर नेपाली, लीला पोखरेल , पुण्यप्रसाद पौडेल उम्मेदवार बनेका छन् ।

    यसैगरी, लुम्बिनीमा कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ता, कर्णालीमा पदमबहादुर माझी, गंगा थापा महत र चुडामणि शर्मा तथा सुदूरपश्चिम प्रदेशबाट नरेश बिक, सन्तोषकुमारी शर्मा थापा र डिल्लीराज विष्टलाई उम्मेदवार बनाइएको छ।

    राष्ट्रियसभा निर्वाचनका लागि भोलि मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार