Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • क्यान र खेलाडीबीचको विवाद टर्‍यो, ज्ञानेन्द्रसहित ९ जना प्रशिक्षणमा फर्किए

    क्यान र खेलाडीबीचको विवाद टर्‍यो, ज्ञानेन्द्रसहित ९ जना प्रशिक्षणमा फर्किए

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लसहित ९ खेलाडी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्किएका छन् ।

    स्रोतका अनुसार ज्ञानेन्द्र सहितको टोली सोमबार दिउँसो क्रिकेट टोली रहेको होटल रमादामा पुगेको हो । यद्यपि, तीव्र गतिका बलर सोमपाल कामी र करण केसी भने अझै होटल पुगेका छैन् । उनीहरु साँझसम्म फर्किने स्रोतको भनाइ छ।



    नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकप ग्लोबल क्वालिफायरका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । उनीहरुलाई १७ पुससम्म रिपोर्टिङ गर्न भनिएको थियो ।



    क्यानको कारबाहीमा परेका ज्ञानेन्द्रसहित, निवर्तमान उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल, कमलसिंह ऐरी, करण केसी, अभिनाश बोहरा, रोहितकुमार पौडेल, कुशल भुर्तेल र सन्दीप जोराले रिपोर्टिङ गरेका थिएनन् ।

    यसअघि ज्ञानेन्द्र, सोमपाल, दीपेन्द्र र कमललाई  क्यानले स्पष्टीकरण लिँदै मंसिर २९ मा ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटाउँदै ४ क्रिकेटरलाई २०२२ को सुरुवाती ६ महिना ग्रेडमै नराख्ने निर्णय गरेको थियो।

    तर, आइतबार क्यान र ज्ञानेन्द्रबीच प्रशिक्षणमा फर्किने सहमति भएको थियो। यससँगै नेपाली क्रिकेटको सम्भावित दुर्घटना टरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार