Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • क्यानले लियो खेलाडीमाथि गरेको कारबाही फिर्ता

    क्यानले लियो खेलाडीमाथि गरेको कारबाही फिर्ता

    अनलाइन नेपाल
  • आइतबार, १८ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) र असन्तुष्ट खेलाडीबीच सहमति भएको छ । आज आइतवार भएको सहमतिअनुसार क्यानले ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको कारबाही पनि फिर्ता हुने भएको छ । यो निर्णय क्यानको बोर्ड बैठकले पारित गर्नेछ ।

    आज सहमतिका लागि भएको बैठकमा कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई नै दिने विषयमा छलफल भए पनि यो विषयमा थप छलफल गर्नुपर्ने क्यानका पदाधिकारीले बताएका थिए ।



    क्यानको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाएको भन्दै क्यानले गएकाे मङ्सिर २९ मा कप्तान ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई जिम्मेवारी दिएको थियो । यस्तै चार जनालाई ६ महिना ग्रेडविहीन अवस्थामा राख्ने निर्णय भएको थियो । कप्तान परिवर्तन र खेलाडी कारबाहीको विषयलाई लिएर मल्लसहित कारबाहीमा परेका चार जना र अरू १४ जना खेलाडी आजदेखि सुरु भएको बन्द प्रशिक्षणमा गएका थिएनन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    One response to “क्यानले लियो खेलाडीमाथि गरेको कारबाही फिर्ता”

    1. […] आइतबार क्यान र ज्ञानेन्द्रबीच प्रशिक… सहमति भएको थियो। यससँगै नेपाली […]

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार