Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • किन कारबाहीमा परे नेपाली ४ स्टार क्रिकेटरहरु ?

    किन कारबाहीमा परे नेपाली ४ स्टार क्रिकेटरहरु ?

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको छ ।

    कारबाही गथर्दै क्यानको बुधबार बसेको बोर्ड बैठकले मल्ललाई कप्तान र ऐरीलाई उपकप्तानबाट हटाएको छ।



    नयाँ कप्तानको जिम्मेवादी सन्दीप लामिछानेलाई दिइएको छ। बैठकले मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्याक्टमा शुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको छ ।



    क्यानको अनुशासन उल्ङ्घन सम्बन्धी गठन गरेको छानबिन समितिले सिफारिश गरे बमोजिम खेलाडी आचार संहिता उल्उल्ङ्घन गरेको उनीहरुलाई कारबाही गरिएको हो।
    उनीहरुले क्यानले ग्रेड सार्वजनिक नगर्दै एक मिडियामा त्यसबारे विरोध जनाएपछि क्यानले दुई पटक स्पष्टिकरण सोधेको थियो। ज्ञानेन्द्र, सोमपाल, दीपेन्द्र र कमलले कार्तिक अन्तिम साता ग्रेडमा असन्तुष्टिलाई लिएर मिडियामा आएर बोले। सोमपालले आफू बी मा हुँदा अन्यायपूर्ण रहेको बता।

    सी मा परेका कमल पनि सन्तुष्ट थिएनन्, त्योभन्दा बढी उनी अन्य खेलाडीको ग्रेडबारे असन्तुष्ट थिए। ज्ञानेन्द्र र दीपेन्द्र ग्रेड ए मा थिए । ग्रेडमा केन्द्रित रहेर खेलाडीले आलोचना गरेका थिए। क्यानले आफ्नो विरोध गरेको भन्दै चार खेलाडीसँग कात्तिक २५ मा स्पष्टीकरण नै सोध्यो

    खेलाडीले कात्तिक ३० मा क्यानलाई जवाफ दिए। तर क्यान सन्तुष्ट भएन। ज्ञानेन्द्रसहित १९ खेलाडीले हस्ताक्षर गर्दै मंसिर ५ मा ११ बुँदे मागसहित सात दिनको समय दिँदै क्यानसँगै नै वर्गिकरण बारे स्पष्टीकरण सोधेका थिए।

    त्यसपछि विवाद झन बढ्दै गएको थियो। क्यानले मंसिर ८ मा तीन दिनको समय दिँदै दोस्रो पटक स्पष्टीकरण सोधेको थियो। अन्तिममा क्यानले पदमुक्त गर्ने निर्णय लिएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार