Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • टी–२० अन्तर्राष्ट्रियमा तीन वर्षपछि ज्ञानेन्द्रको अर्धक शतक

    टी–२० अन्तर्राष्ट्रियमा तीन वर्षपछि ज्ञानेन्द्रको अर्धक शतक

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 780
    SHARES

    काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले केन्याविरुद्ध जारी टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा अर्धशतक पूरा गरेका छन् ।

    टस जितेर पहिले ब्याटिङ गरेको मंगलबारको खेलमा नेपालका लागि ज्ञानेन्द्रले ओपनिङ गरेका हुन् ।



    ज्ञानेन्द्रले १४औं ओभरमा चौका प्रहार गरी ४१ बलमा अर्धशतक पूरा गरे । अर्धक शतक प्रहार गरेलगत्तै ज्ञानेन्द्र आउट भए । उनले ४४ बलमा ५ चौका र २ छक्कासहित ५९ रनको पारी खेले ।



    विराज पटेलको बलमा लामो शट खेल्ने क्रममा उनी बाउण्ड्रीमा क्याचआउट भएका हुन् । ६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका ज्ञानेन्द्रले यसअघि सन् २०१९ को डिसेम्बरमा १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत भुटानविरुद्ध १०७ रनको शतकीय पारी खेलेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार