Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • आयरल्याण्डविरुद्ध नेपाललाई दोस्रो झड्का, ज्ञानेन्द्र मल्ल ७ रनमा आउट

    आयरल्याण्डविरुद्ध नेपाललाई दोस्रो झड्का, ज्ञानेन्द्र मल्ल ७ रनमा आउट

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 675
    SHARES

    काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भइरहेको खेलमा आयरल्याण्डविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।

    जिम्बाब्वेमा जारी खेलमा नेपालले दोस्रो विकेटको रूपमा ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । उनी १२.३ ओभरमा व्यक्तिगत ७ रनमा आउट भए । ज्ञानेन्द्रलाई पनि क्रेग योङले आउट गरे ।



    उनले नेपाललाई पहिलो झड्का दिनेक्रममा कुशल भुर्तेललाई ८ रनमा क्याच गराएका थिए । कुशल ८.१ ओभरमा व्यक्तिगत ८ रनमा आउट भए । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले यो समाचार तयार पार्दासम्म १६ ओभरमा २ विकेट गुमाएर ६२ रन बनाएको छ ।



    नेपाल र आयरल्याण्डबीचको खेल हरारे स्पोर्ट्स क्लबमा भइरहेको हो । आयरल्याण्डविरुद्ध नेपालले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले आज आरिफ शेख र प्रतिश जिसीलाई विश्राम दिएर कुशल मल्ल र किशोर महतोलाई मौका दिएको हो ।

    प्लेअफमा विजयी भएपछि नेपाल र आयरल्याण्डले सातौं स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालले प्लेअफमा सेमिफाइनलमा यूएईविरुद्ध ३ विकेटको जित निकाल्दै आयरल्याण्डसँगको भेट पक्का गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार