Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • स्कटल्यान्डलाई हराउँदै नेदरल्यान्ड्स विश्वकपमा

    स्कटल्यान्डलाई हराउँदै नेदरल्यान्ड्स विश्वकपमा

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 882
    SHARES

    एजेन्सी । स्कटल्यान्डमाथि सनसनीपूर्ण जित हात पार्दै नेदरल्यान्ड्स भारतमा यसै वर्ष हुने विश्वकप क्रिकेटका लागि छनोट भएको छ ।

    नेदरल्यान्ड्सले बिहीबार जिम्बाबेमा भइरहेको विश्वकप छनोटमा स्कटल्यान्डमाथि ४ विकेटको जित हात पारेको हो ।



    सुपर सिक्सको निर्णायक खेलमा नेदरल्यान्ड्सले टस जितेपछि ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले हरारेमा निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाई २ सय ७७ रन बनाएको थियो ।



    बलिङमा ५ विकेट लिएका बास डे लिडले १ सय २३ रनको सानदार इनिङ्स खेलेपछि नेदरल्यान्ड्सले ४२।५ ओभरमै लक्ष्य पूरा गर्‍यो । श्रीलंका यसअघि नै ८ अंक जोडेर शीर्ष स्थानमा रहँदै विश्वकपमा पुगिसकेको छ ।

    १० टोली सहभागी प्रतियोगिताको शीर्ष दुई टोलीले भारतले अक्टोबर–नोभेम्बरमा आयोजना गर्ने विश्वकपमा छनोट हुने प्रावधान थियो । नेदरल्यान्ड्स र श्रीलंका आइतबार उपाधिका लागि खेल्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार