Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • उपाधिका लागि श्रीलंकाले नेदरल्यान्ड्सलाई दियो २३४ रनको लक्ष्य

    उपाधिका लागि श्रीलंकाले नेदरल्यान्ड्सलाई दियो २३४ रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 756
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप छनाेटकाे फाइनलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई २३४ रनकाे लक्ष्य दिएकाे छ ।

    जिम्बावेकाे हरारे स्पाेर्ट्स क्लबमा टस हारेर ब्याटिङ गरेकाे श्रीलङ्का ४७ ओभर ५ बलमा २३३ रनमा अलआउट भयाे ।



    श्रीलंकाका लागि सहन अर्चीले ५७ रन बनाए । यस्तै कुशल मेन्डीस ४३, हरिता असलंका ३६, वानिन्दु हसरंगा २९, पथुम निसानका २३ र सदीरा समरविक्रमाले १९ रन बनाए ।



    नेदरल्याण्डसका लागि ४ जना बलरले २–२ विकेट लिए । लोगान भ्यान बेक, रायन क्लेन, विक्रमजीत सिंह र साकिब जुल्फिकारले विकेट लिएक हुन् । आयन दत्तले एक विकेट लिए ।

    १० टोली सहभागी यो प्रतियोगिताको शीर्ष दुईमा रहेका श्रीलङ्का र नेदरल्यान्ड्स आउँदो अक्टोब-रनोभेम्बरमा भारतमा हुने विश्वकपमा पुगेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा अक्टोबर ५ तारिखमा इङ्ल्यान्ड र न्युजिल्यान्ड अहमदाबादमा खेल्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार