Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • विश्वकपमा स्थान बनाउन स्कटल्याण्डले दियो नेदरल्याण्डसलाई २७८ रनको लक्ष्य

    विश्वकपमा स्थान बनाउन स्कटल्याण्डले दियो नेदरल्याण्डसलाई २७८ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 687
    SHARES

    काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोटको सुपर सिक्सको आठौं खेलमा नेदरल्यान्ड्सलाई स्कटल्यान्डले जितका लागि २ सय ७८ रनको लक्ष्य दिएको छ ।

    बुलवायोमा रहेको क्विन्स स्पोर्टस् क्लबमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७७ रनको योगफल बनाएको हो ।



    स्कटल्याडका लागि ब्रान्डन मक्मुलेनले शतकिय पारी खेले । उनले ११० बलमा १०६ रन बनाए ।



    यस्तै रिची बेरिंगटन ६४, टमस म्याकिन्टोसले अविजित ३८, क्रिस्टोफर म्याकब्राइड ३२ र क्रिस ग्रीव्सले १८ रन बनाए ।

    नेदरल्यान्ड्सका लागि बास डि लिडले १० ओभरमा ५२ रन खर्चिएर ५ विकेट लिए । रायन क्लायनले २ तथा लगेन भान बिकले १ विकेट लिए ।

    सुपर सिक्समा स्कटल्यान्ड दोस्रो तथा नेदरल्याण्ड्स चौथो स्थानमा छ । नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको आजको खेलबाट विश्वकपमा छनोट हुने दोस्रो टोलीको टुंगो लाग्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार