Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • कञ्चनपुरमा लाखौं मूल्य बराबरका अवैध सामान बरामद

    कञ्चनपुरमा लाखौं मूल्य बराबरका अवैध सामान बरामद

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 1.3K
    SHARES

    कञ्चनपुर । कञ्चनपुरमा अवैध रुपमा भन्सार छलेर ल्याइएका सामान बरामद गरिएको छ ।

    आइतबार ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका–५ आमखैया जंगलबाट अन्दाजी १ लाख ८ हजार मूल्य बराबरको कोट पाइन्टका कपडा बरामद गरेको छ।



    यस्तै भीमदत्त नगरपालिका–४ बजारबाट अन्दाजी ८६ हजार ९ सय मूल्य बराबरको जुत्ता, चिनी, पशु आहारा बाथरुम हेकर,चुक्कुल र बाथरुम स्टिल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।



    यसरी बरामद भएका कूल १ लाख ९४ हजार ९ सय मूल्य बराबरको सामान आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली र गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार