Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लागूऔषधको कारोबार गर्ने १७ जनाको गिरोह प्रहरी फन्दामा

    लागूऔषधको कारोबार गर्ने १७ जनाको गिरोह प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • मंगलबार, २० पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौँका ठाउँबाट लागूऔषध सम्बन्धी कारोवार गर्ने १७ जनाको ठूलो गिरोहलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा अधिकांश पुरुषहरुसहित केही महिलाहरु समेत रहेका छन् । प्रहरीले आज दिउँसो उनीहरुलाई लागूऔषधसहित सार्वजनिक गरेको हो।



    ब्यूरोका प्रवक्ता एवं एसपी जीवन कुमार श्रेष्ठका अनुसार उनीहरुको साथबाट लागूऔषध डाईजेपाम २,३१६ एम्पूल, फेनारगन २,३५० एम्पूल, नुर्फिन २,३३४ एम्पूल गरी जम्मा ७,००० एम्पूल समेत बरामद गरिएको छ।



    यस बिषयमा उनीहरुमाथि थप अनुसन्धान भइरहेको एसपी श्रेष्ठको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार