Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोटेश्वरमा कन्सलटेन्सीको नाममा ठगी धन्दा: पोर्चुगल पठाइदिने बहानामा लाखौं कुम्ल्याउने संचालक पक्राउ

    कोटेश्वरमा कन्सलटेन्सीको नाममा ठगी धन्दा: पोर्चुगल पठाइदिने बहानामा लाखौं कुम्ल्याउने संचालक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २१ पुष २०७८
  • 2K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले पोर्चुगल पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा जिल्ला बाग्लुङ गल्कोट नपा- ६  घर भइ काठमाडौँ मैतीदेवी बस्ने २८ बर्षीय अमृत सोती मगर र सर्लाही बागमती न.पा-१ घर भई  ललितपुर हरिसिद्धी बस्ने २४ बर्षीय समिर कार्की रहेका छन्। उनीहरुलाई महाशाखाको टोलीले मंगलबार कोटेश्वरबाट पक्राउ गरेको हो।



    पक्राउ परेका मगर र कार्कीले कोटेश्वरमा कन्सलटेन्सी (युनिवर्ल्ड इन्टरनेशनल टुर एण्ड ट्राभल्स प्रालि) समेत संचालन गरेर पीडितहरुलाई लाखौं ठग्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ।



    महाशाखा अनुसार कन्सलटेन्सी संचालकद्वयले पोर्चुगल जान प्रतिव्यक्ति १४ लाख लाग्छ र त्यहाँ गएपछि मासिक एक लाख भन्दा धेरै कमाइ हुने भन्दै बुटवलका लक्षमण थापा समेत चार जनाबाट प्रतिव्यक्ति १० लाखका दरले ४० लाख रकम लिइ फरार भएका थिए । उनीहरुलाई ठगीको आरोपमा महाशाखामा उजुरी परेको थियो ।

    पक्राउ परेका मगर र कार्कीलाई आवश्यक थप अनुसन्धान र कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार