Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • बिग बास लिग : सन्दीप सम्मिलित हुरिकेन्स पराजित, सन्दीपले लिए २ विकेट

    बिग बास लिग : सन्दीप सम्मिलित हुरिकेन्स पराजित, सन्दीपले लिए २ विकेट

    अनलाइन नेपाल
  • बुधबार, २१ पुष २०७८
  • 705
    SHARES

    काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने सम्मिलित होबर्ट हुरिकेन्स बुधबार बिग बास लिग (बीबीएल) मा एडिलेड स्ट्राइकर्ससँग सात विकेटले पराजित भएको छ । १२७ रनको लक्ष्य स्ट्राइकर्सले १५ ओमर १ बलमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

    स्ट्राइकर्सको जितमा म्याथ्यु सर्टले सर्वाधिक ७२ रन बनाए । सर्टले ४४ बलमा चार चौका र पाँच छक्का प्रहार गरे । यस्तै हेनरी हन्टले १८ र्‍याट रेनस्वले २९ र जोनाथन वेल्सले ११ रन जोडे ।​ हुरिकेन्सबाट सन्दीपले दुई विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले २२ रन खर्चिए । त्यस्तै अर्को एक विकेट सर्टको नाममा रह्यो ।



    यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको हुरिकेन्सले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १२६ रनको बनायो । ​हुरिकेन्सका डीएर्सी सर्टले ३२ रन बनाए । त्यस्तै टिम डेभिडले २८, मिचेल ओवेनले १६ र पिटर ह्यान्डसकम्बले १४ रन जोडे ।



    हुरिकेन्सबाट ११औं नम्बरमा ब्याटिङका लागि मैदान उत्रिएका सन्दीपले दुई बलमा दुई रन जोडे ।​ स्ट्राइकर्सका पिटर सिडलले पाँच विकेट लिए । त्यस्तै राशिद खानले दुई तथा म्याथ्यु सर्ट र ह्यारी कोनवेले समान एक विकेट हात पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार