Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • २६ लाखको चेक बाउन्स मुद्धाका फरार श्रेष्ठ सीआईबीको फन्दामा

    २६ लाखको चेक बाउन्स मुद्धाका फरार श्रेष्ठ सीआईबीको फन्दामा

    अनलाइन नेपाल
  • शुक्रबार, २३ पुष २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ्ग कसूर (चेक बाउन्स) मुद्दाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- १० का ४१ बर्षीय राजेन्द्र कुमार श्रेष्ठ रहेका छन् ।



    सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार उच्च अदालत पाटनको २०७८ असोज १० गतेको फैसलाले ५ दिन कैद र बिगोबमोजिम २६ लाख जरिवानापछि फरार रहेका श्रेष्ठ बानेश्वरबाट पक्राउ परेका हुन्।



    पक्राउ परेका श्रेष्ठले आफ्नो सिभिल बैंकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै पीडित व्यक्तिलाई झुक्यानमा पारेर पैसा नभएको चेक दिइ बैंकिङ कसुरजन्य अपराध गरेको अदालतको ठहर थियो।

    उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम फैसला सुनाएको थियो । पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेश गरिएको प्रवक्ता महतोले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार