Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • बाँकेमा पात टिप्न जाँदा बाघको आक्रमणबाट फेरी एक महिलाको मृत्यु

    बाँकेमा पात टिप्न जाँदा बाघको आक्रमणबाट फेरी एक महिलाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २४ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । बाँकेमा बाघको आक्रमणमा परी एक जना महिलाको ज्यान गएको छ । शनिबार बिहान ३३ वर्षीया चाँदनी थारू बाघको आक्रमणमा परेकी थिइन् ।

    उनी राप्ती सोनारी गाउँपालिका–६ हब्रहवाकी हुन् । गाउँकै सदाबहार सामुदायिक वनमा उनी साथीहरूसहित सालको पात टिप्न गएकी थिइन् ।



    तर, बाघको आक्रमणमा चाँदनी परेको र उनलाई आक्रमण गरेर बाघले लगेको सँगै गएका साथीहरूले प्रहरीलाई खबर गरेका थिए ।
    लगत्तै घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय भगवानपुर र अस्थायी प्रहरी पोस्ट फत्तेपुरबाट प्रहरी टोली खटिएको थियो ।



    टोलीले सोही जंगलमा चाँदनीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार