Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बाघको आक्रमणबाट सासूबुहारीको मृत्यु

    बाघको आक्रमणबाट सासूबुहारीको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    नवलपुर । जंगली जनावरको आक्रमणबाट पूर्वी नवलपरासीमा सासूबुहारीको मृत्यु भएको छ ।

    जिल्लाको विनयीत्रिवेणी गाउँपालिका-१ को विनय सामुदायिक वनमा आइतबार दिउँसो घाँस काट्न  गएका ६० वर्षीया मनादेवी पौडेल र २८ वर्षीया विष्णु पौडेल मृत अवस्थामा फेला परेका हुन् ।



    आइतबार दिउँसो दुई जना महिला जंगलमा घाँस काट्न गएको र राति अबेरसम्म नफर्किएको सूचनाको आधारमा खोजतलास गर्दा आइतबार राति दुई जना महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।



    कम्बरमा चोट लागेको र घटनाको प्रकृति हेर्दा जंगली जनावरले आक्रमण गरेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

    पोष्टमार्टम पछि मात्र मृत्यु के, कसरी भयो भन्ने एकिन हुने प्रहरीले जनाएको छ । स्थानीयले भने बाघको आक्रमणबाट दुवै जनाको मृत्यु भएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार