Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बाघको आक्रमणबाट ज्यान गुमाएकी गंगाको परिवारलाई १० लाख प्रदान

    बाघको आक्रमणबाट ज्यान गुमाएकी गंगाको परिवारलाई १० लाख प्रदान

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 369
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । बाघ आक्रमणमा परि ज्यान गुमाएकी कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुईँकी ४२ वर्षीया गङ्गा चन्दको परिवारलाई राहत रकम उपलब्ध गराइएको हो ।

    प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बाघपीडित परिवारलाई १० लाख राहत रकम हस्तान्तरण गरेका हुन् ।



    डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम नियमानुसार पाउने राहत रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो ।



    गत वैशाख ८ गते पचुईँस्थित खप्टीनालामा घाँस काट्न गएकी चन्दलाई बाघले आक्रमण गरेको थियो । आक्रमणपछि बेपत्ता भएकी चन्दको शव खोजी गर्ने क्रममा खप्टी नाला क्षेत्रमा भेटिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार