Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • घाँस काट्ने क्रममा बाघको आक्रमणबाट महिलाको मृत्यु

    घाँस काट्ने क्रममा बाघको आक्रमणबाट महिलाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 2K
    SHARES

    फाइल फोटो

    बर्दिया । बर्दियामा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

    जिल्लाको मधुवन नगरपालिका– ३ की ५५ वर्षीया कली वंशीमगरको बाघको आक्रमणबाट ज्यान गएको हो ।



    नेपाल–भारत सीमा तथा खाता संरक्षण क्षेत्र नजिक शुक्रवार दिउँसो घाँस काट्ने क्रममा बाघको आक्रमणमा परि महिलाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोणराज शर्माले जानकारी दिए ।



    बाघले आक्रमण गरि महिलालाई जङ्गलतर्फ पुर्‍याएको थियो । खोजी गर्ने क्रममा सम्झना सामुदायिक वनमा एउटा हात बाघले खाएको अवस्थामा महिलाको शव फेला परेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार