Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • एमाले जिल्ला अधिवेशन : कैलालीमा चन्द र थापा प्यानलसहित चुनावी मैदानमा

    एमाले जिल्ला अधिवेशन : कैलालीमा चन्द र थापा प्यानलसहित चुनावी मैदानमा

    अनलाइन नेपाल
  • शनिबार, २४ पुष २०७८
  • 1.3K
    SHARES

    कैलाली । नेकपा एमालेको कैलाली जिल्ला समिति चयनका लागि निर्वाचन हुने भएको छ । अध्यक्ष लगायतका पदाधिकारीका आकांक्षी नेताहरुबीच सहमति हुन नसकेपछि निर्वाचन हुन लागेको हो ।

    नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष रतनबहादुर थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुुनावी मैदानमा उत्रिएका छन् । अध्यक्ष पदका अर्का आकांक्षी रहेका जिल्ला कमिटी सचिवालय सदस्य डेजी पाण्डेले चन्दलाई सर्मथन गर्दैै उनको प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका छन् ।



    निवर्तमान अध्यक्ष थापाको प्यानलबाट उपाध्यक्षमा दुर्गादत्त जोशी, सचिवमा निवर्तमान सचिवसमेत रहेका दानबहादुर बिक ‘चित्रण’ ले उम्मेदवारी दर्ता गराएका छन् । चन्दको प्यानलबाट उपाध्यक्षमा सीताराम बुढाथोकी, सचिवमा पाण्डे, सहसचिवमा ममता चौधरी र लोकेन्द्र शाहीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।



    सहसचिवमा रबिन्द्र चौधरी, विनय शाह र मदनराज ओझाले पनि उम्मेदवारी दिएका छन् तर उनीहरु हालसम्म कुनै पनि प्यानलमा खुलेका छैनन् ।

    अध्यक्ष पदका उम्मेदवार थापा पार्टी एकतालाई मजबुत बनाउने भन्दै चुनावी मैदानमा होमिएको बताउँछन् भने अर्का उम्मेदवार चन्द नेतृत्व परिवर्तन र पार्टी एकताको एजेण्डा लिएर चुनावी मैदानमा छन् । निर्वाचन समितिका अनुसार आइतबार बिहान साढे ८ बजेदेखि मतदान प्रारम्भ हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार