Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पृथ्वीनारायण शाह राष्ट्र निर्माणका महानायक हुन् : मन्त्री आले

    पृथ्वीनारायण शाह राष्ट्र निर्माणका महानायक हुन् : मन्त्री आले

    अनलाइन नेपाल
  • सोमबार, २६ पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डउनमन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रूपमा लिनुपर्ने बताएका छन् ।

    आज (सोमबार) पृथ्वी जयन्तीको अवसरमा आयोजना गरिएको नेपाल एकीकरण अभियानको  विचार गोष्ठीमा बोल्दै मन्त्री आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रुपमा लिनुपर्ने बताएका हुन् ।



    पृथ्वीनारायण शाहका विचारहरू आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्वपूर्ण र मार्गदर्शक रहेको मन्त्री आलेको भनाइ छ । नेपालीहरूले हामी नेपाली हौं भन्ने हो भने पृथ्वीनारायण शाहलाई बिर्सनु नहुने मन्त्री आलेले बताए ।



    ‘नेपाल ४ जात ३६ वर्णको साझा फूलबारी हो, प्रजा मोटा भए दरबार बलियो हुन्छ’ भन्ने पृथ्वीनारायणका भनाइहरु आज उत्तिकै महत्वपूर्ण मन्त्री आलेको भनाइ छ ।

    भोलि देशभर उनको सम्झनामा ३०० औं पृथ्वी जयन्ती मनाइदै छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार