Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

    राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

    अनलाइन नेपाल
  • मंगलबार, २७ पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र निर्माणका नायक एवं नेपाल एकीकरणका खम्बा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।

    मंगलबार ३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको शालिकमा पुगेर राष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन् ।



    यस्तै,  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले शाहको शालिकमा माल्यार्पण गरेका छन् ।



    सो अवसरमा नेपाली सेनाको टोलीले राष्ट्रपति भण्डारीलाई सलामी गारद अर्पण गरेको थियो । यसै गरी शाहको शालिकमा माल्यार्पण गर्न पूर्वराजा ज्ञानेन्द्र शाह पनि केही बेरमा आउने कार्यक्रम रहेको बताइएको छ।

    पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीहरु र सबै राजनीतिक दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार